विश्व | काठमाडौँ - KTM


रफाह सीमामा इजरायलको कब्जा

Posted on May 08, 2024 | views : 96 | काठमाडौँ - KTM

बैशाख २६, काठमाडौँ | इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्याङ्कहरू रफाह सीमामा पुगेका थिए । उही समयमा, इजरायलले रफाह सीमामा कब्जा गर्नुभन्दा केही समय अघि, हमासले कतारको

Read More

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

Posted on May 08, 2024 | views : 112 | काठमाडौँ - KTM

बैशाख २६, काठमाडौँ | युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ । युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ । एसबी

Read More

केजरीवालले अझै पाएनन् जमानत

Posted on May 07, 2024 | views : 201 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।  सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्च

Read More

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

Posted on May 07, 2024 | views : 139 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।  यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै

Read More

इजरायलद्वारा गाजाको रफामा आक्रमण

Posted on May 07, 2024 | views : 216 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । इजरायल र हमासबीचको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । तश्वि

Read More

क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले लाग्दा ११ वर्षीय बालकको मृत्यु

Posted on May 06, 2024 | views : 722 | काठमाडौँ - KTM

छिमेकी मुलुक भारतको पुनेमा आफ्ना साथीहरूसँग क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ । रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेका बेला ब्याट्सम्यानले बल सिधै उन

Read More

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

Posted on May 06, 2024 | views : 228 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ । इजरायली सेनाले त्यहाँ

Read More

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

Posted on May 06, 2024 | views : 133 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौतालाई हालै अनुमोदन गरेको छ । यस सम्झौताको उद्देश्य हावा मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक इकोसिस्टमका

Read More

इरानमा भयो माछाको वर्षा, के हो कारण ?(भिडियोसहित)

Posted on May 05, 2024 | views : 618 | काठमाडौँ - KTM

एजेन्सी | इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मलाइरहेको देख्न सकिन्छ ।  यस्तो अचम्म घटना भएपछि मानिसहरू दृश्य हेर्न सडकमा निस्किएका

Read More

दक्षिणी ब्राजिलमा भिषण बर्षा, ५८ जनाको मृत्यु

Posted on May 05, 2024 | views : 284 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौँ । ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् । यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता

Read More

लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

Posted on May 05, 2024 | views : 127 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् । लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार

Read More

युद्धविराम बारे वार्ता गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने

Posted on May 04, 2024 | views : 141 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ । विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेक

Read More

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

Posted on May 04, 2024 | views : 142 | काठमाडौँ - KTM

बैशाख २२, साओ पाउलो | ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्य

Read More

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

Posted on May 04, 2024 | views : 159 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ । इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने

Read More

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

Posted on May 04, 2024 | views : 120 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुत

Read More

किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

Posted on May 03, 2024 | views : 205 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि 'प्लेजर स्क्वाड' बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् । यस समूहको काम किम र उनका सहयोगीहरूला

Read More

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

Posted on May 02, 2024 | views : 153 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २: १० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।&

Read More

पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए

Posted on May 01, 2024 | views : 284 | काठमाडौँ - KTM

वैशाख १९,  नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । गोल्डी हत्याको जिम्मा डल्ला–लखवीर गिरोहले लिएको छ । पन्जाब पुलिसमा थिए बरारका पिता गोल्डी बरार

Read More

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

Posted on May 01, 2024 | views : 275 | काठमाडौँ - KTM

बैशाख १९, नयाँदिल्ली | भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।  एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ,

Read More

इजरायल र हमासबीच युद्ध विरामको संकेत

Posted on April 30, 2024 | views : 191 | काठमाडौँ - KTM

बैशाख १८, काठमाडौँ | ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको

Read More

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

Posted on April 29, 2024 | views : 172 | काठमाडौँ - KTM

बैशाख १७, ग्वाङ्झाउ | चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिसहरूले सहर र घर सरसफाइ गरिरहेका छन्। राज्य मिडिया द्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा गुआन्झा

Read More

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

Posted on April 29, 2024 | views : 106 | काठमाडौँ - KTM

बैशाख १७, नयाँदिल्ली | भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ । सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको

Read More

अभिनेता साहिल खान पक्राउ

Posted on April 28, 2024 | views : 395 | काठमाडौँ - KTM

बैशाख १६, नयाँ दिल्ली । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो ।  साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ । बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिस

Read More

नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

Posted on April 28, 2024 | views : 496 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।  काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्

Read More

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

Posted on April 28, 2024 | views : 173 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् । शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका

Read More

अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा

Posted on April 27, 2024 | views : 230 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ । यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । उनीहरुको सहयोगले युक्रेनलाई

Read More

भारतको मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

Posted on April 27, 2024 | views : 175 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए । संदिग्ध चरमपन्थीहरूल

Read More

ताइवानमा ६.१ रेक्टरको भूकम्प धक्का

Posted on April 27, 2024 | views : 224 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ । त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपी क्षतिको विवरण भने प्राप्त

Read More