इरानमा भयो माछाको वर्षा, के हो कारण ?(भिडियोसहित)

Posted on: 05 May, 2024

एजेन्सी | इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो ।

इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । 

ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मलाइरहेको देख्न सकिन्छ । 


यस्तो अचम्म घटना भएपछि मानिसहरू दृश्य हेर्न सडकमा निस्किएका छन् । उनीहरू रमाइलो मानिरहेका छन् । 

यस्ता घटना पहिलेदेखि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको छ ।

वैज्ञानिकहरु यस्ता घटना बबन्डर वा तीव्र आँधी आउँदा हुने बताउँछन्। ‘तीव्र आँधी आउँदा नदी वा समुद्रमा रहेका माछासँगै अन्य जलप्राणीलाई पनि हावाले उडाएर धेरै माथि लग्ने गरेको र आँधी आउँदासम्म माथि आकाशमै मडारिने गर्छन्, जब आँधीबेर शान्त हुन्छ तब वर्षासँगै यी जलप्राणी पुनः जमिनमा खस्छन्’, उनीहरु भन्छन्। 

भिडियो:

यस बिषयमा तपाइको प्रतिक्रिया...!