समाज | काठमाडौँ - KTM


सन्दीप लामिछानेको पक्षमा फैसला हुने सम्भावना कति ?

Posted on May 15, 2024 | views : 458 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनवाइ भईरहेको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो । आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लाग

Read More

महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन

Posted on May 15, 2024 | views : 174 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो ।  महानगरपालि

Read More

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

Posted on May 15, 2024 | views : 197 | काठमाडौँ - KTM

जेठ २,  काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार २७

Read More

काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा ४ दिन अवरुद्ध हुने

Posted on May 15, 2024 | views : 70 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।  

Read More

आज पनि सन्दीप लामिछानेविरुद्ध मुद्दामा सुनुवाइ हुने

Posted on May 15, 2024 | views : 127 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा  जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद

Read More

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

Posted on May 15, 2024 | views : 64 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशि

Read More

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

Posted on May 14, 2024 | views : 194 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए

Read More

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

Posted on May 14, 2024 | views : 434 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । दिनभरिको सुनवाइपछि बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा

Read More

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Posted on May 14, 2024 | views : 196 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिप

Read More

आधारभूत तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिने

Posted on May 14, 2024 | views : 205 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। हाल देशका केहि स्थानीय तहले खाजा उपलब्ध गराए पनि सबै सामुदायिक विद्यालयका खाजा कार्यक्रम सञ्

Read More

जीबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार 

Posted on May 14, 2024 | views : 233 | काठमाडौँ - KTM

जेठ १, पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले

Read More

नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने

Posted on May 14, 2024 | views : 94 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।  संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् ।  उ

Read More

सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो : राष्ट्रपति पौडेल

Posted on May 14, 2024 | views : 117 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् ।  ‘सरकारले लिएका भ्रष्टाचार नियन्त्रण र सुशासन एवम् सार्वज

Read More

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा

Posted on May 14, 2024 | views : 202 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत महामन्त्री थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताउदै

Read More

सिराहामा मध्यराति बम पड्काएर लुटपाट, बमको छर्रा लागेर ५ जना घाइते

Posted on May 14, 2024 | views : 375 | काठमाडौँ - KTM

जेठ १, सिराहा  । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले हरिचोकमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ ।  लहान नगरपालिका –१७ हरिचोकमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटप

Read More

सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

Posted on May 14, 2024 | views : 134 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ।  एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरे। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने प्रधानन्य

Read More

सन्दीपको मुद्दामा बहस जारी, फैसला आजै आउने सम्भावना

Posted on May 14, 2024 | views : 321 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ । सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्य

Read More

बैंक लुट्न जाँदा मारिएका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलासा

Posted on May 14, 2024 | views : 332 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । वैशाख २७ गते हत्या गरिएका सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखाका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलेको छ। तर हत्या गर्दासम्म पनि अभियुक्तले आफन्त भनी नचिनेको र पछि मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले बताए।  २७ गत

Read More

हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

Posted on May 14, 2024 | views : 155 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् । ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् ।

Read More

फेसबुकमार्फत जापानमा रोजगारीका लागी पठाउँछु भन्दै ४७ लाख ठगेको आरोपमा युवती पक्राउ

Posted on May 14, 2024 | views : 207 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् । २८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयक

Read More

उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

Posted on May 14, 2024 | views : 269 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा दिनदिनै घटनाक्रम परिवर्तन भइरहेको बताएका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले घटनाक्रममा फेरबदल भइरहेको बताए । “राजनीतिक घटनाक्रममा परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ,”

Read More

संयुक्त बैठक अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं- कांग्रेस

Posted on May 14, 2024 | views : 156 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरको छ ।  मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए

Read More

काठमाडौंको सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला

Posted on May 14, 2024 | views : 455 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । काठमाडौंको सुकेधारामा एक पुरूष मृत फेला परेका छन्। मंगलबार बिहान ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला परेका हुन्।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतकको पहिचान खुलिसकेको छ।  उनी खोटाङ हलेसीतुवा चुङ

Read More

सन्दीपको मुद्दामा सुनुवाइ सुरू, सरकारी वकिलले बहस गर्दै

Posted on May 14, 2024 | views : 260 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् । सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । केही बेरअघि बहस थालिएको उच्च अदालत स्रोतले बतायो । मुद्द

Read More

कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन

Posted on May 14, 2024 | views : 190 | काठमाडौँ - KTM

जेठ १, धनगढी | कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो। निधन हुनेमा भारतको हल्

Read More

सन्दीपको मुद्दाको पेसी सुदर्शन र अञ्जुको इजलासमा

Posted on May 14, 2024 | views : 407 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ । यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तो

Read More

क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा आज पेशी

Posted on May 14, 2024 | views : 164 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ। मंगलबार उच्च अदालत पाटनमा लामिछानेको मुद्दामा पेशी तोकिएको हो। लामिछानेको मुद्दामा गत वैशाख २३ गतेको पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पेसीमा न्यायाधीशले हेर

Read More

आज यी ४ प्रदेशमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना

Posted on May 14, 2024 | views : 302 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी

Read More