नेपालले चौथो विकेट गुमायो, २८ रन बनाउँदै पेभेलियन फर्किए ओपनर लोकेश बम

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा लोकेश बमलाई गुमाएको हो ।  ओपनर ब्याट्सम्यान लोकेशलाई गुडाकेश मोटीले बोल्ड गरेका हुन् ।

पेभेलियन फर्किनुअघि लोकेशले २८ रन बनाएका थिए ।  उनले २९ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । ११ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!