मनमैजुमा ट्राफिक प्रहरी जवानको शव फेल, हत्याको आशङ्का

Posted on: 18 May, 2024

जेठ ५, काठमाडौँ | काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए । 

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । 

बिहीबार राति स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!