इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on: 06 May, 2024

बैशाख २४, काठमाडौं | वैदेशिक रोजगारमा इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर विदेश नपठाइ सम्पर्कविहीन भएका ताप्लेजुङको मिक्वाखोला–३ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने ३७ वर्षीय जेनित हाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध रविन कुमार राईलाई इजरायलमा आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ बाट पक्राउ परेका लिम्बूलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाही गर्न थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!