फुटेको जसपा एमाले-माओवादी गठबन्धनमा रहने

Posted on: 05 May, 2024

बैशाख २३,  काठमाडौँ । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।

आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए ।


वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत भएको दाबीसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि पुगेका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!