वैदेशिक रोजगारीमा रहेकालाई ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने अवसर

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ९ प्रतिशतको आकर्षक ब्याजदरमा सरकारी बण्डमा लगानी गर्ने अवसर आएको छ । सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचत पत्र–२०८६ जारी गर्न लागेको हो । 

कूल १ अर्ब रुपैयाँ बराबरको रोजगार बचत पत्र जारी गर्न लागेको कार्यालयले वैशाख २३ गते बेलुकादेखि कार्यालयको वेबसाइटमा राखिने फर्ममा गएर आवेदन फारम भर्न सक्ने जनाएको छ । बचतपत्रमा अधिकतम ९ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । 

हाल बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ४ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्था सरकारले ९ प्रतिशतको प्रस्ताव गरेको हो ।  

बचत पत्र निष्कासन २०८१ वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म चल्नेछ । बचतपत्रको निष्कासन भने जेठ २९ गते हुनेछ । 

इच्छुक लगानीकर्ताले घटीमा १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी कूल निष्कासन रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!