प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख खर्च

Posted on: 09 May, 2024

बैशाख २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!