ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु,श्रीमती घाइते

Posted on: 24 Apr, 2024

बैशाख १२, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

बुधबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा आउँदै गरेका जानकी गाउँपालिका कटासे कैलालीका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो । उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छन् ।


भीमदत्त राजमार्गअन्तर्गत बुडर क्षेत्रमा डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो। उपचारमा क्रममा श्रीमान‍्को मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!