मलामी गएका एक व्यक्ति नदिमा डुबेर बेपत्ता

Posted on: 24 Apr, 2024

बैशाख १२, काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-३ रानिसागर स्थित भेरीनदिमा एक पुरुष बेपत्ता भएका छन् ।

चौरजहारी नगरपालिका ९ निवासी ६१ वर्षीय नारायण खड्का भेरीनदिमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मलामी गएका खड्का नुहाउने क्रममा बुधबार दिउँसो ३ बजे बेपत्ता हुनुभएको हो ।

खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ गएर खोजतलास कार्य भइरहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!