नेपाली सेनाले माग्यो ३१९ रिक्त पदमा दरखास्त (सूचनासहित)

Posted on: 26 Apr, 2024

बैशाख १४, काठमाडौँ | नेपाली सेनाले विभिन्न ३१९ रिक्त पदका लागि आवेदन आह्वान गरेको छ । 

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो । 

रिक्त रहेका ३१९ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । 

आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!