उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Posted on: 23 Feb, 2024

फागुन ११, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम  गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ ।  डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका- ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!