एमाले लुम्बिनी अधिवेशन : दुई मतले रिजाललाई पराजित गर्दै अध्यक्षमा कँडेल विजयी

Posted on: 06 Sep, 2023

भदौ २०, बुटवल | नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको  निर्वाचन समितिले  जनाएको  छ।

त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् | उपसचिव पुरुषमा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् भने उपसचिव महिलामा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!