लुम्बिनीमा मुख्यमन्त्री चौधरी र थप ३ मन्त्रीले लिए शपथ

Posted on: 28 Apr, 2023

वैशाख १५, लुम्बिनी | लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।


मास्की दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित हुन् भने लोसपाबाट मन्त्री बनेका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!