अभिनयमा कमब्याक गर्दै ऋषि धमला, फिल्म ‘भाइरल गोर्खे’मा पत्रकारको भूमिका निर्वाह गर्ने

Posted on: 25 Apr, 2024

बैशाख १३, काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले फेरी अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।


निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ ।

फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागेका हुन् । केही दिनदेखि भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको छ । यसपछि गोरखा र चितवनमा छायांकन गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!