पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । गायिका समीक्षा अधिकारी यतिखेर ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ले का कारण चर्चामा छिन्। 

यो गीत समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेर गाएकी हुन्। उक्त गीतलाई अहिले सबै दर्शकहरुले मन पराइरहेका छन्।

फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।


समीक्षा लेख्छिन्, ‘बुझिन मैले बुझाइदेऊ कसैले भन्ने गीत गाइसकेपछि मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ। धेरै धेरै बधाई केकी अधिकारी दिदी अनि चलचित्र बोक्सीको घर परिवारलाई।’

समीक्षाको यो स्टाटस अहिले चर्चामा छ। समीक्षाले बधाइ संगसंगै निशाना अर्कोतिर हानेको भन्ने पनि कतिपयले आंकलन गरेका छन्। तर समीक्षाले भने कसैको नाम उल्लेख गरेकी छैनन्। 

तर यो स्टाटस उनले अभिनेत्री पूजा लक्षित गरिएको कतिपयले टिका टिप्पणी गरिरहेका छन्। यसअघि पनि उनले बहुरूपी औरत उल्लेख गर्दै स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन्, ‘अस्ति फिल्म चलाउन रोएको नाटक गर्‍यौ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ। आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ। बहुरूपी औरत।’

अभिनेत्री पूजा शर्मालाई फिल्म चलाउनकै लागि विभिन्न बाहाना बनाउने गर्ने गरेको भन्ने आरोप लाग्दै आइरहेको छ। फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन्। त्यति बेला फिल्मका अभिनेता पल शाह बलात्कार मुद्दामा जेल परेका थिए।

उक्त समयमा पूजाले पलको पक्षमा विभिन्न अभिव्यक्ति दिँदै आइरहेकी थिइन्। पछि पलसँगको सम्बन्ध चिसिएपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!