बारा २ मा उपेन्द्र यादव पछि परे, यस्तो छ ताजा मत परिणाम

Posted on: 24 Apr, 2023

वैशाख ११, बारा । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । उनलाई जनमत पार्टीले उछिनेको छ ।


पछिल्लो मतपरिणम अनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै एमालेको पुरुषोत्तम पौडेलले ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३९ मत पाएर चौथो स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!