हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

Posted on: 30 Dec, 2021

पुस १५, काठमाडौँ | गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुुभयो । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उहाँले बताउनुभयो । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ । 

पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई  तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार  हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न  सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!