नेपाललाई तेस्रो झट्का, एकै ओभरमा दुई कुशल आउट

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपाल एकै ओभरमा दुई विकेट गुमाएपछि थप दबाबमा परेको छ।

पाँचौँ ओभरमा नेपालले कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको छ।

पाँचौँ ‌ओभरको पहिलो बलमा कुशल भुर्तेल र पाँचौँ बलमा कुशल मल्ल आउट भए।

भुर्तेलले चार बलमा एक रन जोडे भने मल्लले ४ बलमा ४ रन बनाए। नेपालले ५ ओभरमा ३ विकेट गुमाएर ३१ रन जोडेको छ।

नेपालले रन नजोड्दै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!