च्याम्पियन्स लिग : डर्टमण्डसंग पहिलो लिगमा पीएसजी पराजित

Posted on: 02 May, 2024

बैशाख २०, काठमाडौँ | च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पीएसजी बोरुसिया डर्टमण्डसंग पराजित भएको छ । बोरुसिया डर्टमण्डको घरेलु मैदानमा बुधबार राति भएको खेलमा डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो ।

खेलमा डर्टमण्डका लागि निकलास फुलक्रुगले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ३६ औँ मिनेटमा घरेलु टोलीका लागि गोल गरे । यो सिजन प्रतियोगितामा उनको तेस्रो गोल थियो ।

पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसरहरु गुमाएको थियो । किलियान एम्बाप्पे र अचरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो भने डर्टमण्डका लागि फुलक्रुगले पनि दोस्रो गोल गर्ने अवसरबाट चुकेका थिए । यसै सँगै डर्टमण्डले पहिलो लिगमा १-0 गोलको अग्रता बनाउन सफल भएको छ ।

अब दोस्रो लिग पीएसजीको घरेलु मैदानमा आगामी मंगलबार  हुने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!