आईपीएलमा चेन्नई घरेलु मैदानमा पञ्जाबसँग पराजित

Posted on: 02 May, 2024

बैशाख २०, काठमाडौँ | इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टोले ३० बलमा ७ चौका र १ छक्कासहित ४६, प्रभशिम्रन सिंह १३, शशांक सिंह २५, साम करन २६ र राइली रोसोऊले २३ बलमा ५ चौका र २ छक्कासहित ४३ रन बनाए ।

चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लासेन,शिवम दुबेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो ।

चेन्नईका कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । अजिंक्या रहाणे २९, समिर रिज्वी २१, मोईन ओली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट भए ।

पञ्जाबका दुई स्पिनर राहुल चाहर र हरप्रीत ब्रारले २–२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले १–१ विकेट लिए ।

चेन्नई १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । पञ्जाब १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!