नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल आज हुदैँ

Posted on: 02 May, 2024

बैशाख २०, काठमाडौं | नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको चौंथो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२:१५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेपालले १ र वेस्ट इन्डिज ए ले २ खेल जितेका छन् र सिरिजमा वेस्ट इन्डिज ए  २-१ ले अगाडी रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

नेपालले सिरिजको पाचौं खेल मे ४ मा हुने छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!