माघ ८, दाङ | दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ परेका छन्।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–९ मुकुणडाँडाका ६३ वर्षीय छविलाल गुरुङ पक्राउ परेका हुन्।
उनलाई शनिबार पक्राउ गरिएको हो। गुरुङले बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!