असार ९, दाङ (रासस) । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृत्यु भएको हो । उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!