फागुन ३, दाङ । दाङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार राति स्थानीय एक महिलालाई करणी गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाको मेडिकल जाँच गर्ने, जाहेरी लिने काम भैरहेको छ ।
आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर ती महिलालाई बलात्कार गरेका दाबी पीडितको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!