पुस ७, बुटवल | हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सनाखत भएकामध्ये जुम्लाका पाँच जना र दाङ्गका ५ जना रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।
बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थीदेखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक, सहचालकको समेत ज्यान गएको छ ।
मृतक १४ जनाको नामवली
१–कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा.
२–कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५
३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट
४–खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५
५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३
६–प्रदिप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७
७–संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.–१
८–बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका–५
९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६
१०–वियय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४
११–शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.–५ ( चालक )
१२–मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )
१३–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४
१४–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )
यस बिषयमा तपाइको प्रतिक्रिया...!