नोखिराम थापा/भाद्र ११, सल्यान । अखिल क्रान्तिकारी सल्यानले स्वीकोटको नारायण माविमा इकाई कमिटी निर्माण गरेको छ ।
विप्लव नेतृत्वको माओवादी निकट विद्यर्थी संगठनले स्वीकेटको नेटामा रहेको उक्त विद्यालयमा दिपक सुनारको अध्यक्षतामा ५५ सदस्यीय मावि ईकाई गठन गरेको हो ।
समितीको उपाध्यक्षमा बालकृष्ण के.सी., सचिवमा नेव बहादुर वि.क., सहसचिवमा कुलराज परियार र कोषाध्यक्षमा दिपा बुढाथोकी रहेका छन ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका निवर्तमान अध्यक्ष गणेमान सिंहले विद्याथीलाई प्रशिक्षण दिदै अहिलेको क्रान्तिको नेतृत्व विप्लव माओवादीले मात्रै गर्ने बताएका छन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!