पर्वत । सोडेक नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रले मोदी गाउँपालिकामा संचालन गरेका कार्यक्रमको बारेमा मोदी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको छ ।
मोदी गाउँपालिकाका भुकताङ्ले, क्याङ र देउरालीमा संचालित शिक्षा, आयआर्जन, स्वास्थ्य र सरसफाइ कार्यक्रको बारेमा सम्बन्धीत वडाका जनप्रतिनिधिहरुलाई जानकारी गराएको हो ।
सोमबार मोदी गाउँपालिकासँग समन्वय बैठकको आयोजना गरी आफूहरुले गरेका कार्यक्रम र आगामी योजनाका बारेमा छलफल गरेको हो । सोडेकले साझेदारी संस्था गुडनेवरमार्फत मोदीगाउँपालिकामा शिक्षा र आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ भने नवचेतनाले स्वास्थ्य र सरसफाइसम्बन्धी कामहरु गर्दै आएको छ ।
सोडक नेपाल पर्वतका कार्यक्रम संयोजक देविप्रसाद तिमिल्सीनाले मोदीगाउँपालिकामा साँझेदार संस्था गुडनेवरसँग समन्वय गरी गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
संस्थाले शिक्षातर्फ जिल्लामा १२७६ जना विद्यार्थीलाई निशुल्क पोशाक, तीन विद्यालयमा कम्प्यूटर वितरण, १० कोठे भवन मर्र्मत, १० विद्यालयमा स्मार्ट कक्षा संचालन, ३ वडा पूर्ण साक्षर, विज्ञान प्रयोगशाला निर्माण, तीन विद्यालयमा पुस्तकालय व्यवस्थापन, ९ विद्यालयमा ७५ सेट डेक्सेबन्च लगायतका सामाग्रीहरु वितरण गरेको उनले जानकारी गराएका थिए ।
त्यस्तै आयआर्जन तर्फ ५ सहकारी संचालनमा सहयोग, सहकारीमा १५,१९,५६० प्रोत्साहन अनुदान, सहकारीलाई आवश्यक कम्प्यूट, प्रिन्टर तथा विभिन्न व्यवस्थाकीय तालिम संचालन गरेको उनले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!