यार्सागुम्बा टिप्न गएका युवाको लेक लागेर मृत्यु

Posted on: 10 May, 2024

बैशाख २८, सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको डोल्पामा लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन् ।

उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!