चितवन निकुञ्जमा मृत भेटिए पाटेबाघ र एक सिंगे गैंडा

Posted on: 07 May, 2024

बैशाख २५, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र एक सिंगे गैंडा मृत भेटिएका छन्।

निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। मृत गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!