ललितपुरमा आगलागी: एकैघरका ५ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on: 05 May, 2024

बैशाख २३, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको थियो । उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए ।

आगलागीबाट घाइते हुनेमा एक दम्पती, उनीहरूका दुई छोरी र भतिज रहेका छन् । घाइते सबैको किष्ट अस्पतालमा उपचार भइरहेको छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका बालिकासहित ३ जना आईसीयूमा उपचाररत् रहेको प्रहरीको भनाइ छ ।

आगो भने लगभग नियन्त्रमा आइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!