रामेछाप उडेको सिता एयरको जहाजको काठमाडौंमा आकस्मिक अवतरण

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।


उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!