स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on: 20 Oct, 2023

कात्तिक ३, दाङ | दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सिसहनियाँले जनाएको छ ।

ठक्कर दिने स्कारपियो र चालक दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!