भदौ १, दाङ | दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । भने श्रीमानको उपचार भइरहेको छ |
जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।
च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको र ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए । मृतकका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!