साउन २५, सर्लाही | सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ ।
हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!