बैशाख ३०, काठमाडौँ | धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौँ आउदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी–९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।
बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।
बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जानकारी दिएको छ । दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!