व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको हो:- रवि लामिछाने

Posted on: 25 Nov, 2023

मङ्सिर ९, रौतहट | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले पुराना दल र तिनका नेताहरूकै कारण अहिलेको ब्यवस्थाप्रति जनतामा निराशा छाएको बताएका छन् । 

शनिबार रौतहटको चन्द्रपुरमा पत्रकारहरुसँगको अन्तरक्रियामा लामिछानेले लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको आन्दोलन र प्राप्त उपलब्धि र वर्तमान व्यवस्थाप्रति जनताको गुनासो बढेको बताएका हुन् ।

लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरेको आन्दोलन पुराना दल र नेताहरूकै उपज भएको बताउँदै व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको बताए ।

मधेस प्रदेशका विभिन्न जिल्लामा केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका सभापति लामिछानेले गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!