पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका एमाले पार्टी परित्याग गरी ७० भन्दा बढी युवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
देश माओवादीकै एजेण्डामा चलेरको र सोही अनुसार अब गाउँ नगरमा प्राप्त हुने अधिकार पनि माओवादी केन्द्रले जनयुद्ध चलाउदाँको माग भएको भन्दै माओवादी केन्द्रमा युवाहरु प्रवेश गरेका हुन् ।
एमालेभित्र राष्ट्रबाटको बहस चलेता पनि हात्तिको दाँत सरह भएको भन्दै उनीहरुको माओवादीमा प्रवेश गरेका हुन् ।
यसैविच नेकपा माओवादी केन्द्रले दुइ नगरपालिका र पाँच गाउँपालिकामा आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । घरदैलो कार्यक्रममा माओवादी केन्द्रले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ । देश माओवादीकै एजेण्डामा चलेको र माओवादीले १० बर्ष सरकार संचालन गर्न पाए देशले काँचुली फर्ने माओवादी केन्द्रको दाबी छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!