यो सदनमा प्रश्नको घाँटी निमोट्ने तयारी हुँदैछ : महामन्त्री थापा

Posted on: 10 May, 2024

बैशाख २८, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए ।

‘संसद्‌मा जुन दृश्य बन्न जाँदैछ । त्यसको कारण हामी होइनौँ । जे गर्ने सोच राखिएको छ । त्यसको मूल्य सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ,’ उनी भन्छन् । 

डढेलो, बाढी पहिरो  र दल तोडफोडको प्रश्न गर्ने मन भए पनि सरकारका कारण संसद् अवरुद्ध हुने अवस्था बनेको बताए । ‘यहाँ उभिएर डढेलो नियन्त्रबारे बोल्न चाहन्थे । सरकारको हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न चाहन्थेँ । बाढी पहिरो नियन्त्रणको तयारीबारे सोध्न चाहन्थेँ । दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छ भनेर सोध्न चाहन्थेँ । मलाई थाहा छ यो कुरा सोध्ने मन यहाँ भएका सबै माननीयको पनि छ । हामी यी कुरा सोध्न र प्रश्नको उत्तर खोज्न हामी यहाँ आएका हौं । तर संसदीय छानबिन समिति बनाउन सरकार तयार भएन । संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्दैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!