बझाङमा नेकपा एसको धरौटी जफत

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | विजयी हुने दाबीसहित बझाङको प्रदेशसभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ ।

बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!