बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा (ताजा अपडेट)

Posted on: 29 Apr, 2024

बैशाख १७,  बझाङ । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । तलकोटको १, २ र ३ वडा सम्मको मतगणना हुँदा कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी १० मतले अगाडि बढेका थिए । अहिले ४ र ५ वडाको पनि मतगणना सकिएको छ । 

एमालेका भण्डारीले १० हजार ४११ मत ल्याउँदा कांग्रेसका सिंहले १० हजार ३९१ मत पाएका छन् । यी दुई वडाको गणना हुनुअघि भण्डारीको ९ हजार ८८९ मत र सिंहको ९ हजार ८८० मत रहेको थियो ।

५ नम्बर वडामा एमालेले २५९ मत पाउदा कांग्रेसले २४४ मत पाएको छ भने ४ नम्बर वडामा एमालेले २१५ मत पाउँदा कांग्रेसले २३० मत पाएको छ ।

अहिले तलकोटको ६ र ७ वडाको मतगणना जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!