बझाङको मतगणना १ बजेदेखि शुरु हुने

Posted on: 28 Apr, 2024

बैशाख १६, बझाङ । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।   


बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!