जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ | सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!