इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

Posted on: 28 Mar, 2024

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।

बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।


रास्वपा महामन्त्री डा. मुकुल  ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। 

‘उम्मेदवारका ५ जना आकांक्षीले सर्वसहमतिले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!