नायिका रेखा थापाको ‘बेबी बम्प’ (फोटो फिचर)

Posted on: 12 Dec, 2023

मङ्सिर २६, काठमाडौँ । अभिनेत्री रेखा थापा अमेरिकामा छिन् । उनका पति बलराम शाही हुन् । अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी थिइन् । बुधबार अमेरिका उड्नुअघि थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका थिए । 

५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् । रेखाले अमेरिकाबाटै आफ्नो फिल्म ‘उपहार’ को भर्चुअल माध्यमबाटै प्रचार गर्ने तयारी गरेकी छन् । ‘उपहार’को रिलिजको समयमा उनी अमेरिकामै हुनेछिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!