बैशाख २१, काठमाडौँ । २ सय बढी व्यक्तिहरुलाई अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिने भन्दै करिब ३ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।
उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ देखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नागरिकता धनी पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!