युके पठाइदिने भन्दै ६ करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । युके (बेलायत) पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनोहराबाट सोमबार पक्राउ गरेको हो ।

चौधरीविरुद्ध सुमन राई समेतका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए । ९ देखि २० लाख रुपैयाँसम्म लिएर चौधरीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।

आईआरआईएस एक्पर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि छ । रकम लिएका केही व्यक्तिलाई भने अजरबैजानसम्म पुर्‍याएर अलपत्र समेत पारेको आरोप उनीमाथि छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!