पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम रोङ गा.पा. वडा नं. ६ स्थाइ घर भई हाल काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने वर्ष ३१ को उमेश सेती सुरुवाल रहेका छन् ।

उनले सुरज श्रेष्ठ समेतलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी रु. ३९,००,०००/- ठगी गरेका थिए।

उनलाई काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ६ बौद्ध बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!