वैशाख १६, बेइजिङ | राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!